हिन्दू राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

Himalaya Television
२०७७ पुष ४ गते १७:२५

हिन्दू राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

४ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ ।

राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताउनुभयो ।

पछिल्लो समय देशभर हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकाले त्यसमा राप्रपाको समेत समर्थन रहेको बताउनुभयो । राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको बताउनुभयो ।

यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनु परेको बताउनुभयो ।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पूर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताउनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs