समाज

वगुन खोलामा मापदण्डविपरीत नदी उत्खनन्, प्रशासन मुकदर्शक बनेको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ४ गते १५:०३
वगुन खोलामा मापदण्डविपरीत नदी उत्खनन्, प्रशासन मुकदर्शक बनेको आरोप (भिडियोसहित)

पुस २०७७७ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका र अमृत कन्स्ट्रक्शनबीच भएको सम्झौता अनुसार वडा नम्वर ४ मा पर्ने वगुन खोलाबाट नदीजन्य पदार्थ निकाल्न थालिएको छ ।

गत मंसिर ५ गते नगरपालिकाले अमृत कन्सट्रक्सनलाई ८५ लाख ५० हजार रुपैयाँमा उत्खननको ठेक्का दिएको हो । तर अमृत कन्स्ट्रक्शनले मापदण्ड विपरीत काम गरिररहेको स्थानीय बासिन्दाको आरोप छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका र अमृत कन्स्ट्रक्शनबीच सम्झौता भएपछि अहिले वगुन खोलाबाट धमाधम ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । तर ठेकेदार कम्पनीले नदीजन्य पदार्थ निकासी गर्दा मापदण्ड भन्दा बढी गहिरो खनेको, दैनिक तोकिएको भन्दा बढी संख्यामा टिप्पर तथा ब्याकलोडरहरु प्रयोग गरेको, तोकिएको समयभन्दा अन्य समयमा समेत काम सञ्चालन गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

वस्ती नजिकैको खोलाको उत्खनन मापदण्ड अनुसार नहुँदा बस्ती नै जोखिममा परेको छ । त्यसैले स्थानीयबासिन्दा नदीकै कारणले घर, खेत नै गुम्ने त होइन भन्ने चिन्तामा छन् ।

बालुवा गिट्टी उत्खनन् गर्दा ब्याकलोडरको प्रयोग गरिन्छ । तोकिएको भन्दा बढी गहिराइबाट नदीजन्य पदार्थ निकालिदा नदी भासिन थालेको छ । उत्खनन् गर्न बिहान ७ बजेदेखि ५ बजेसम्म समय तोकिएको छ । त्यस्तै रेखाकंन गरिएको क्षेत्र बाहेक अन्य क्षेत्रबाट बालुवा, गिट्टी उत्खनन् गर्न नपाउने मापदण्डमा उल्लेख छ । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । स्थानीय बासिन्दाले गुनासो गरेसँगै जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ र मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको छ ।

उत्खनन् मापदण्ड विपरीत हुँदा यहाँ रहेको महाकाली सिंंचाइ तेस्रो चरणको संरचनाको केही भागमा क्षति पुगेको छ ।

अन्धाधुन्ध रुपमा उत्खनन् हुन थालेसँगै, यस्तो कार्य रोक्न , ठेकेदार र नगरपालिकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा मात्रै होइन, देशभर रहेका खोलानालामा यसरी नदीजन्य पदार्थ उत्खनन् गरिँदा वातावरणीय असन्तुलनसँगै सयौं बस्तीहरु जोखिममा परेका छन् । यो जोखिमलाई कम गर्न नदीजन्य पदार्थको उत्खनन्लाई व्यवस्थित बनाउनुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *