Political Hightlights

खुमलटार पुगेर प्रधानमन्त्री ओलीद्वारा अध्यक्ष प्रचण्डसँग छलफल

हिमालय टिभी
२०७७ पुष ४ गते १३:१३
खुमलटार पुगेर प्रधानमन्त्री ओलीद्वारा अध्यक्ष प्रचण्डसँग छलफल

४ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले पार्टी विभाजन रोक्न छलफल तीब्र पारेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छुट्टा–छुट्टै छलफल भएको छ ।

प्रधानमन्त्री भएपछि पहिलो पटक ओलीले खुमलटार पुगेर कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । प्रचण्ड र ओलीबीच एक घण्टा छलफल भएको छ ।

दुई नेताबीच छलफल चलिरहँदा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको थियो । तीन नेताबीच झण्डै आधा घण्टा संयुक्त छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

ओली खुमलटारमा रहेकै बेला वरिष्ठ नेपाल पुगे पनि संयुक्त छलफल भने भएन । ओली खुमलटारबाट बाहिरिएपछि प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भैरहेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री ओली खुमलटार जानुलाई निकै अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्