Main News

उपत्यकासहित देशभर चिसो बढ्यो, तराईमा बाक्लो हुस्सु

हिमालय टिभी
२०७७ पुष ४ गते ८:२२
उपत्यकासहित देशभर चिसो बढ्यो, तराईमा बाक्लो हुस्सु

४ पुस २०७७ काठमाडौं । विगत केही दिनयता काठमाडौं उपत्यकासहित देशभर निरन्तर चिसो बढेको छ। तराईमा हुस्सु र कुहिरो लागेको छ भने उपत्यकासहित पहाडी र उच्च हिमाली क्षेत्रमा चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि हिजो बिहान १.६ डिग्री सेल्सियस मापन भएको थियो। त्यसको तुलनामा आज केही तापक्रम बढेको देखिएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियम मापन भएको छ। दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने उहाँले जानकारी दिनुभयो ।

आज काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रहने महाशाखाले अनुमान गरेको छ। अबको तीन दिनसम्म उपत्यकाको मौसम सफा रहने भएकाले चिसो भने अझै बढ्न सक्ने अनुमान छ।

आज बिहान तराईका अधिकांश भेगमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको नगरकोटीले बताउनुभयो। आज तराईमा दिउँसो पनि मौसम यस्तै रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *