Main News

सर्वोच्च बार एसोसिएसनको नेतृत्व चयनका लागि आज चुनाव

हिमालय टिभी
२०७७ पुष ४ गते ७:४७
सर्वोच्च बार एसोसिएसनको नेतृत्व चयनका लागि आज चुनाव

४ पुस २०७७ काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गर्नुभएको छ ।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दैछन् । बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।

सर्वोच्च बारका चुनावमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामग्री कागज बाँडने काममा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *