गुल्मीमा अटो दुर्घटनामा १ जनाको मृत्यु, ४ जना घाइते

हिमालय टिभी
२०७७ पुष ४ गते ७:४३
गुल्मीमा अटो दुर्घटनामा १ जनाको मृत्यु, ४ जना घाइते

४ पुस, २०७७ गुल्मी । गुल्मीमा गएराती भएको अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारि दिनुभयो ।

गौडाकोटबाट तम्घास आउँदै गर्दा अटो अनियंत्रित भएर सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएपछि नजिकै रहेको सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका प्रहरी निरीक्षक नारायणप्रसाद सेढाई नेतृत्वको नेपाल प्रहरीका टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *