Political Hightlights

नेकपा अध्यक्ष प्रचण्ड र ओलीबीचको छलफलमा के भयो ?

हिमालय टिभी
२०७७ पुष ३ गते २०:३५
नेकपा अध्यक्ष प्रचण्ड र ओलीबीचको छलफलमा के भयो ?

३ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ ।

बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्