Political Hightlights

प्रचण्ड–नेपाल पक्षको गुट भेलाप्रति उपाध्यक्ष वामदेवले जनाए असहमति

हिमालय टिभी
२०७७ पुष ३ गते १८:४६
प्रचण्ड–नेपाल पक्षको गुट भेलाप्रति उपाध्यक्ष वामदेवले जनाए असहमति

३ पुस २०७७ काठमाडौं । प्रचण्ड नेपाल पक्षले गुटगत भेला गरेकोमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले असहमति जनाउनभुएको छ ।

गौतमले अहिले गुटगत भेला गर्ने बेला नभएको प्रतिक्रिया दिनुभएको छ । गौतमले बैठक बसेर समस्या समाधान हुनुपर्नेमा जोड दिएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभएको छ ।

गौतमले गुटका कुनै पनि भेलामा नजाने बताएको सुवेदीले जानकारी दिनुभएको छ । तर प्रचण्ड–नेपालसहितका पाँच नेताको बैठकमा भने सहभागी हुने गौतमले प्रष्ट पार्नुभएको छ ।

प्रचण्ड नेपाल समूहमा रहेका गौतमलाई प्रधानमन्त्री ओलीले आफ्नो खेमामा लैजान निकै प्रयास गर्नुभएको छ । पुस १ गतेको बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्