खेलकूद

पल्सर स्पोर्ट्स अवार्ड पिपुल्स च्वाइसतर्फ मनोनयन सार्वजनिक

हिमालय टिभी
२०७७ पुष ३ गते १८:०२
पल्सर स्पोर्ट्स अवार्ड  पिपुल्स च्वाइसतर्फ मनोनयन सार्वजनिक

३ पुस २०७७ काठमाडौं । पौडीकी गौरिका सिंह र फुटबलकी साबित्रा भण्डारी पल्सर स्पोर्ट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् ।

आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले सार्वजनिक गरेको पिपुल्स च्वाइस विधामा गौरिका र सावित्रासहित पाँच खेलाडीलाई मनोनयन गरेको हो ।

जसमा करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ छन् । गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा पौडीबाज गौरिकाले कीर्तिमानी चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

सागमै नेपाली महिला फुटबल टोलीले रजत जित्दा महत्वपूर्ण सदस्य रहेकी सावित्रा पनि यो विधामा पर्न सफल भइन् । सागको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को जित निकाल्ने क्रममा दुई गोल गरेकी उनी महिला फूटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् । ३८ गोल गरेकी उनले अनु लामाले गरेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

करातेका मण्डेकाजीले सागमा कातातर्फ दोहोरो स्वर्ण जितेका थिए । त्यस्तै, सागमा पहिलो पटक रजत जित्दा अरुणा भलिबलकी र सदिना बास्केटबल टोलीकी कप्तान थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्