Political Hightlights

कोटेश्वरमा प्रचण्ड–नेपाल समूहको प्रदेश १ का जिल्ला पदाधिकारी भेला

हिमालय टिभी
२०७७ पुष ३ गते १५:१६
कोटेश्वरमा प्रचण्ड–नेपाल समूहको प्रदेश १ का जिल्ला पदाधिकारी भेला

३ पुस २०७७ काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला गरेको छ ।

जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पनि सहभागी हुनुुुहुन्छ ।

वरिष्ठ नेता नेपाल भेलामा सहभागी भएर निस्कनुभएको छ भने प्रचण्ड सहभागी हुनुहुन्छ । भेलामा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको सहभागिता छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सहमतिबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेको आशंकापछि प्रचण्ड–नेपाल पक्षले प्रदेशस्तरीय भेला बोलाएको हो ।

अध्यादेश फिर्ता लिने बुधबारको स्थायी कमिटी निर्णयको अर्कोदिन त्यही अध्यादेशको जगमा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दुई अध्यक्षबीच हिजो चर्काचर्की भएको थियो ।

स्थायी कमिटीले मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपति कहाँ निवेदन दर्ता नगर्ने र संवैधानिक परिषद्का प्रमुख र पदाधिकारीहरूको नियुक्ति सहमतिकै आधारमा गर्ने निर्णय गरेको थियो ।

तर हिजो ओली र प्रचण्डबीचको भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अहिलेसम्म प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्