Political Hightlights

अध्यादेश र संसद अधिवेशन आव्हानका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज

हिमालय टिभी
२०७७ पुष ३ गते ७:२५
अध्यादेश र संसद अधिवेशन आव्हानका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज

३ पुस २०७७ काठमाडौं । अध्यादेश प्रकरण र संसद अधिवेशन आव्हान बारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली का‌ग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दैछ ।

बिहान १० बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा मन्त्री परिषदमा समेत छलफल नगरी प्रधानमन्त्रीको एकल सिफारिसमा राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछिको अवस्थबारे छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीले संसद अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको कांग्रेसले बताएको छ ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको पनि ठहर गरेको छ ।

अध्यादेश जारी भएलगत्तै आकस्मिक रुपमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तत्कास संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्