श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

रासस
२०७७ पुष २ गते २०:३३

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि भुक्तानी दिने

२ पुस २०७७ काठमाडौं । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ ।

सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

सो मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये रु २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।

सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs