Main News

विप्लवको राजनीति : १० हजार नदिँदा प्रधानाध्यापकको हत्या (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते २०:१७
विप्लवको राजनीति : १० हजार नदिँदा प्रधानाध्यापकको हत्या (भिडियोसहित)

२ पुस २०७७ विराटनगर । नेत्रविक्रम चन्द विप्लव समूहले एक साताअघि मोरङ मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि जंगलमा घाँटी रेटेर हत्या ग¥यो । विप्लवले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको भए पनि १० हजार चन्दा नदिएको निहुँमा श्रेष्ठको हत्या भएको खुलेको छ ।

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएपछि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको टोलीले स्थलगत अध्ययन ग¥यो । टोलीले घटनास्थल अध्ययन र प्रत्यक्षदर्शीसंगको भेटपछि निकालेको निष्कर्ष निकै पीडादायी छ । टोलीको निष्कर्ष छ १० हजार चन्दा नदिँदा श्रेष्ठको हत्या भयो ।

घटनाको स्थलगत अध्ययन र अनुसन्धान गरेको टोलीले आफ्नो प्रतिवेदनमा स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या हुनुमा सरकारको पनि कमजोरी देखेको छ । केही समयदेखि त्यस क्षेत्रमा विप्लव समूहका कार्यकर्ताको उपस्थिति बाक्लो थियो । स्थानीयले प्रहरी प्रशासनलाई जानकारी पनि गराइएका थिए । तर कसैले गम्भिरता देखाएन , परिणाम शिक्षक श्रेष्ठको हत्या भयो । श्रेष्ठको हत्यापछि त्यसक्षेत्रका १२ घरपरिवार अहिले डर र त्रासका कारण विस्थापित हुने अवस्थामा पुगेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार तथा वातावरण मंच (फरेन(, साझा सवालका लागि साझा मंच (कोकन) थर्ड एलायन्स,एडभोकेसी फोरम,नेपाल पत्रकार महासंघलगायतका प्रतिनिधि सम्मिलित टोली शिक्षक हत्यापछि स्थलगत अध्ययनमा गएको थियो । फेरि व्यक्ति हत्याको पुरानो शृंखला दोहोरिन लागेको अध्ययनमा सहभागी मानवअधिकारवादी समूहको निष्कर्ष छ । त्यसैले यो घटनालाई आपराधिक मानेर आवश्यक कारबाही गर्न सरकारलाई सुझाव दिइएको छ ।

विप्लव समूहले गत मंसिर २३ गते बिहान घरबाटै शिक्षक राजेन्द्रलाई डोरीले हात बाँधेर बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो। श्रेष्ठको हत्यापछि प्रहरीको त्यस क्षेत्रमा ’सर्च अपरेशन’ गरेको छ । तर अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएको भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *