Main News

काठमाडौं उपत्यकामा यातायातमा लागू गरिएको जोरविजोर प्रणली भोलिदेखि हट्ने

हिमालय टिभी
२०७७ पुष २ गते २०:१२
काठमाडौं उपत्यकामा यातायातमा लागू गरिएको जोरविजोर प्रणली भोलिदेखि हट्ने

२ पुस २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा लागू भएको जोरविजोर प्रणाली भोलिदेखि हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरूको छलफलले भोलिदेखि जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघसंस्थाका प्रतिनिधिसमेतको छलफलपछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरविजोर प्रणाली कायम गरिएको थियो । दिउँसोको समयमा जोरविजोरको चेकिङ्ग नभए पनि बिहान भने ट्राफिक प्रहरीले चेकिङ्ग गरेर जोरविजोर प्रणालीका नाममा चालकलाई दुःख दिँदै आएको थियो । जसको आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *