Political Hightlights

राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने

हिमालय टिभी
२०७७ पुष २ गते १९:४२
राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने

२ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध सडक संघर्षमा उत्रने निर्णय गरेको छ ।

राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको निष्कर्ष निकाल्दै राप्रपाले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम तय गरेको हो ।

सनातन हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ । जस अनुसार पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ ।

पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला शहरमा मोटरसाइकल र्यारली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरिएको छ ।

यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्