Main News

कसरी पाउँछन् २० प्रतिशत नेपालीले कोरोनाको खोप ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते १९:२९
कसरी पाउँछन् २० प्रतिशत नेपालीले कोरोनाको खोप ? (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउने तयारी भइरहेको छ । कोभ्याक्स सुविधा के हो रु यो अन्तर्गत नेपालमा कसरी खोप आउँछ त ?

कोरोना भाइरस संक्रमणबाट विश्व नै आक्रान्त छ । विश्वका धनी देशले कोरोना भाइरसविरुद्धको खोपका लागि अर्बौँ रुपैयाँ खर्चेका छन् । केही खोप परिक्षणको चरणमा छन् भने अमेरिका रुस, बेलायत लगायतका केहीदेशले नागरिकलाई खोप लगाउन थालिसकेका छन् । जुन देश र कम्पनीले कोरोनाको खोप बनाए पनि शुरुमा आउने खोप महँगो पर्छ ।

नेपालजस्ता गरिब देशले खोपको अनुसन्धानका लागि रकम खर्च गर्न सक्दैनन् । त्यसैले गरिब र कम आए भएका देशले शुरुमै खोप पाउन कठिन छ । यो कठिनाइ हटाउन विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स गाभीले एउटा अभियान थालेका छन् । त्यो हो कोभ्याक्स सुविधा ।

कोभ्याक्स अन्तर्गत गरिब तथा मध्यमस्तरका देशका २० प्रतिशत नागरिकलाई पुग्ने गरी अनुदानमा खोप दिने । २० प्रतिशत नागरिकलाई पुग्ने खोप अनुदानमा पाउने सूचिमा नेपाल पनि छ । यो खोप अनुदानमा आउने भए पनि केही रकम जम्मा गर्नूपर्ने शर्त छ । यसका लागि सरकारले ६ अर्बरुपैयाँ छुट्याइसकेको छ ।

कोभ्याक्स सुविधामार्फत आउने खोप लगाउन पाउने २० प्रतिशतभित्र फ्रन्टलाइनमा काम गर्नेहरु, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति पर्छन् । बाँकी जनसंख्यालाई भने सरकारले किनेको खोप लगाइनेछ । सरकारले कोभ्याक्ससँगै कोरोना विरुद्धको खोपको सहयोगका लागि विभिन्न देशलाई पत्र समेत पठाइसकेको छ ।

कोभ्याक्स सुविधामार्फत खोप अनुदानमा पाउने भए पनि त्यसबाट हुन सक्ने संभावित जोखिमका लागि सम्बन्धित देश नै जिम्मेवार हुनेछ । त्यसका लागि सरकार देखिएको छ । किनभने खोपका कारण केही समस्या आए खोप उत्पादक कम्पनीलाई मुद्दा हाल्न पाईने छैन ।

कोभ्याक्स सुविधा वा अन्य कुनै पनि माध्यमबाट नेपालमा खोप आउने बाटो खुल्ला भए पनि कोरोनाको खोप छिट्टै आउने सम्भावना निक्कै कम छ । त्यसैले हात धुने, दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने बानीलाई भने निरन्तरता दिन र लापर्वाही नगर्न विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *