Political Hightlights

प्रधानमन्त्री ओलीले भने–जबरजस्ती गरेर पद छोड्दिनँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १ गते १९:१५
प्रधानमन्त्री ओलीले भने–जबरजस्ती गरेर पद छोड्दिनँ (भिडियोसहित)

१ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती गरेर आफूले पद नछोड्ने बताउनुभएको छ ।

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा ओलीले प्रक्रिया अनुसार पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्ने तर अहिले जस्तो जबर्जस्ती गरेर पछि नहट्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरुका लागि आफूले नछोड्ने बताएको एक नेताले जानकारी दिए । ओलीले नेतृत्वनै दिने हो भने वामदेव गौतमलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेशका विषयमा पनि प्रष्टिकरण दिनुभएको छ । वर्षौसम्म नियुक्ति नहुँदा समस्या परेको र विपक्षी दलका नेता र सभामुखले समेत पटकपटक असहयोग गरेकाले अध्यादेश ल्याएर संवैधानिक अंगलाई पूर्णता दिन खोजेको ओलीको प्रष्टिकरण छ ।

यसैबीच नेकपाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक पुष १० गतेका लागि सारेको छ । यसअघि पाँच गतेका लागि तोकिएको थियो । अब स्थायी कमिटी ५ गते बस्नेछ ।

यसैबीच आज पार्टी भित्रको निकासका विषयमा नेकपाका दुई खेमाले आज दुई सूचन प्रवाह गरेका छन । ओलीले पक्षले सबै निर्णय र प्रस्ताव फिर्ता लिई भदौ २६ मा फर्किने सहमति भएको बताइरहेको छ भने प्रचण्ड नेपाल पक्षले त्यस्तो हुनै सहमति नभएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्