Political Hightlights

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, स्थायी कमिटी बैठकमा सहभागी

हिमालय टिभी
२०७७ पुष १ गते १६:४७
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, स्थायी कमिटी बैठकमा सहभागी

१ पुस २०७७ काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत हुनुभएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएपछि प्रचण्ड नेपाल पक्षले पनि संसदको विशेष अधिवेशन बोलाउने माग फिर्ता लिएको छ ।

ओलीले अध्यादेश ल्याएपछि प्रचण्ड नेपाल पक्षका सांसद विशेष अधिवेशन बोलाउनुपर्ने माग सहितको हस्ताक्षर बोकेर राष्टपति निवास पुगेका थिए ।

अब भदौ २६ को सहमतिमा फर्किने गरी छलफल अघि बढेको एक नेताले जानकारी दिएका छन । सहमतिपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । तीन घण्टा ढिलो गरी बैठक शुरु भएको छ ।

एक बजे बोलाइएको बैठकमा आफ्नो विरुद्ध छलफल हुने भन्दै ओलीले बैठकमा नजाने अडान राख्नुभएको थियो । तर आफू पक्षीय नेतासहित प्रचण्ड लगायतका शीर्ष नेतासँगको छलफलमा ओली अध्यादेश पनि फिर्ता लिने र संसद अधिवेशन माग पनि फिर्ता लिने सहमति भएपछि बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले बहुमतले पनि निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि राजनीति तरंगित भएको थियो । यसले नेकपा भित्र विवाद थप चर्केको थियो भने प्रधानमन्त्री ओलीको आलोचना भैरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्