Main News

संसदको विशेष अधिवेशन माग गर्दै नेकपा सांसद शीतल निवासमा

हिमालय टिभी
२०७७ पुष १ गते १५:२३
संसदको विशेष अधिवेशन माग गर्दै नेकपा सांसद शीतल निवासमा

१ पुस २०७७ काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सत्तारुढ नेकपाकै केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

हिजो जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर सांसदहरु शीतलनिवास पुगेका नेकपाका एक नेताले जानकारी दिएका छन । तर, नेकपाका सांसदहरु शीतलनिवास पुगे पनि निवेदन भने दर्ता भएको छैन् ।

राष्ट्रपति कार्यालयका सचिव निवेदन दर्ता गर्न छाडेर त्यहाँबाट निस्केको बताइएको छ । नेकपा सांसद भीम रावल र पम्फा भुसाल सहितको टोली निवेदन लिएर शीतलनिवास गएको हो ।

संविधानको धारा ९३ को उपधारा तीन मा एक चौथाई सांसदले लिखितरुपमै निवेदन दिए राष्टपतिले विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

एउटा अधिवेशनदेखि अर्कोको बिचको अवधि ६ महिना भन्दा बढी हुन नपाइने संवैधानिक बाध्यताका कारण पुस १७ सम्म भने अनिवार्यरुपमा संसद बोलाउनुपर्ने अबस्था छ ।

यस्तो बाध्यात्मक अबस्था भए पनि सरकारले अधिवेशन बोलाउन आलटाल गरी एकपछि अर्को अध्यादेशको तयारी गरेको नेकपाका सांसदहरुको आशंका छ ।

यसैबीच प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने हस्ताक्षर फिर्ता लिन प्रचण्डलाई दबाब दिनुभएको छ । जवाफमा प्रचण्डले पहिले अध्यादेश फिर्ता लिनुपर्ने अडान राख्नुभएको छ । यो विषयमा दुई नेताबीच भनाभन समेत भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *