Main News

किन गरियो सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच ?

हिमालय टिभी
२०७७ पुष १ गते १५:२०
किन गरियो सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच ?

१ पुस २०७७ काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताउनुभयो ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताउनुभयो । उहाँले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताउनुभयो ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उहाँले बताउनुभयो । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डीएसपी अधिकारीले बताउनुभयो ।

सरकारी कर्मचारीले पोशाक भत्ताबापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डीएसपी अधिकारीले बताउनुभयो । अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *