आर्थिक

सुनको भाउ तोलामा ८ सय बढ्यो, प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ पुष १ गते १३:४०
सुनको भाउ तोलामा ८ सय बढ्यो, प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोवार

१ पुस, २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८ सय रुपैयाँले उकालो लागेको छ ।

पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *