Main News

विराटनगरमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

हिमालय टिभी
२०७७ पुष १ गते ९:४२
विराटनगरमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

१ पुस २०७७ विराटनगर । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचका गरी दुई जनाको मृत्यु भएको अस्पतालले जानएको छ । कोरोना सङ्क्रमित २२ वर्षीय युवक र ७३ वर्षीया वृद्धा महिलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ ।

सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *