खेलकूद

स्पेनिस ला लिगा रियल मड्रिड विजयी

हिमालय टिभी
२०७७ पुष १ गते ८:५१
स्पेनिस ला लिगा रियल मड्रिड विजयी

१ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबल रियल मड्रिड विजयी भएको छ ।

ला लिगा अन्तर्गतको पछिल्लो खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोलले पराजित गरेको हो ।

१३ औं मिनेटमै दोहोरो पहेंलो कार्ड पाएर राउल गार्सिया मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा सीमित भएको थियो । घरेलु मैदानमा रियलले पहिलो हाफको इञ्जुरी समयमा टोनी क्रसको गोलसँगै अग्रता बनाएको थियो ।

५२ औं मिनेटमा एथ्लेटिकोका एन्डर कापाले गोल गर्दै खेल ११ को बराबरी गरे । त्यसपछि रियलका लागि करिम बेञ्जिमाले दुई गोल थपेका थिए । बेञ्जिमाले ७४औं र खेलको इञ्जुरी समयमा गोल गरेका थिए ।

जितपछि तेस्रो स्थानमा रहेको रियलले शीर्ष दुईका टोलीसँग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानको रियल सोसिडाडले १३ खेलबाट २६ अंक जोड्दा ११ खेलबाट २६ अंक जोड्दै एट्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ भने १३ खेलबाट २६ अंक नै रहेको रियल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्