खेलकूद

इंग्लिस प्रिमियर लीगमा चेल्सी पराजित हुँदा वेष्ट ब्रोम बराबरीमा रोकियो

हिमालय टिभी
२०७७ पुष १ गते ८:४५
इंग्लिस प्रिमियर लीगमा चेल्सी पराजित हुँदा वेष्ट ब्रोम बराबरीमा रोकियो

१ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी पराजित हुँदा वेष्ट ब्रोम बराबरीमा रोकिएको छ ।

प्रिमियर लीगअन्तर्गत गएराति सम्पन्न खेलमा उल्भ्सले चेल्सीलाई २–१ गोलले स्तब्ध पारेको हो । अवे मैदानमा चेल्सीले ४९ औं मिनेटमा ओलिभिएर जिरुडको गोलसँगै अग्रता लिएको थियो ।

उल्भ्सका ड्यानियल पोडेन्सले ६६औं मिनेटमा गोल गरेपछि खेल २(२ को बराबरी भयो । त्यसपछि इञ्जुरी समयको अन्तिम मिनेटमा पेड्रो नेटोले गोल गर्दै उल्भ्सको जित सुनिश्चित पारे ।

जितपछि १३ खेलबाट २० अंक जोड्दै उल्फ्स तालिकाको दशौं स्थानमा उक्लिंदा समान १३ खेलबाट २२ अंकसहित चेल्सी पाँचौ स्थानमा कायमै छ ।

प्रिमियर लीग अन्तर्गत नै अर्को खेलमा म्यानचेष्टर सिटी रेलिगेसन जोनको वेष्टब्रोमसँग ११ गोलको बराबरीमा रोकिएको छ । खेलको ३० औं मिनेटमा सिटीका लागि गुण्डोगानले गोल गरेका थिए । तर ४३औं मिनेटमा सिटिका रुबेन डायसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरी पुग्यो ।

त्यसपछि बाँकी समयमा दुबैतर्फबाट थप गोल हुन सकेन । जितसँगै १२ खेलबाट २० अंक जोड्दै सिटी छैठौं स्थानमा उक्लिंदा १३ खेलबाट मात्र ७ अंक रहेको वेष्ट ब्रोम १९औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्