Political Hightlights

अध्यादेशले राजनीति तरंगित बनेका बेला नेकपा स्थायी कमिटी बैठक आज

हिमालय टिभी
२०७७ पुष १ गते ७:१४
अध्यादेशले राजनीति तरंगित बनेका बेला नेकपा स्थायी कमिटी बैठक आज

१ पुस २०७७ काठमाडौं । अध्यादेश प्रकरणले राजनीति तरंगित भएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ गते बस्ने बैठकमा पार्टीसँग छलफल बिना नै ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल हुनेछ ।

पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला आफूलाई सहज हुने गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

अध्यादेश जारी भएसँगै सत्तारुढ नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओली निकट नेताहरु पनि अध्यादेशको विरोधमा देखिएका छन् । सचिवालयका बहुमत सदस्य अध्यादेशको विपक्षमा उभिएका छन् । र उनीहरुले अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरिरहेका छन् ।

आजको बैठकको मुख्य एजेण्डा अध्यादेश फिर्ता गर्न सरकारलाई दबाब दिने रहेको छ । गत आइतबारको बैठक नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर आज दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

उक्त बैठकमा गएका प्रधानमन्त्री ओली आजको बैठकमा जाने–नजाने टुंगो छैन । २१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशसहितको पत्र पठाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्