Main News

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशः सबैलाई पेलेरै अघि बढ्ने दिशामा प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ मंसिर ३० गते १९:०४
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशः सबैलाई पेलेरै अघि बढ्ने दिशामा प्रधानमन्त्री ओली

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पेलेर जाने दिशामा अघि बढ्नुभएको छ ।

पार्टीभित्रैको असहमति र विपक्षी दलको आपत्तिकाबीच ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर पेलेरै अघि बढ्ने प्रष्ट संकेत गर्नुभएको हो ।

पार्टीभित्रैबाट चर्को विरोध र दबाबको सामना गरिरहेका ओलीले आफ्ना विरोधी कम गर्नुको साटो बढाउने बाटो अख्तियार गर्नुभएको छ । संवैधानिक परिषदमा विपक्षी दलको नेताको उपस्थितिलाई अवमूल्यन गर्दै देउवालाई पनि चिढ्याउनुभएको छ ।

प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता र सभामुखको उपस्थिति नभएपनि हुने गरी संवैधानिक परिषदलाई बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने थलो बनाउनुभएको छ । र, त्यस्तो व्यवस्थासहित आज अध्यादेश ल्याउनुभएको छ ।

अध्यादेश राष्टपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ ।त्यसैअनुसार प्रधानमन्त्री एवं सवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलको नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिबिनै परिषद बैठक बसाल्नुभएको छ ।

बालुवाटारमा बसिरहेको बैठकमा ओलीसहित, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागीता छ । अध्यादेशको नयाँ व्यवस्था अनुसार अब तीन जनाको बैठकले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *