Political Hightlights

स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले अध्यादेशको प्रतिवाद गर्ने

हिमालय टिभी
२०७७ मंसिर ३० गते १८:५७
स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले अध्यादेशको प्रतिवाद गर्ने

३० मंसिर, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले गलत गरेको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रचण्ड निवास खुमलटारमा झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीचको छलफलले ओलीको कदमलाई गलत भनेको छ ।

प्रचण्ड नेपाल पक्षले अध्यादेश फिर्ता हुनुपर्ने अडानसमेत राखेको छ । त्यसै अनुसार भोलिको स्थायी कमिटी बैठकमा सशक्त प्रतिवाद गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

भोलिको बैठकमा ओली पक्ष जसरी प्रस्तुत हुन्छ, त्यसै अनुसार जाने प्रचण्ड नेपाल पक्षको निर्णय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्