Main News

संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता देउवा नजाने

हिमालय टिभी
२०७७ मंसिर ३० गते १६:३८
संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता देउवा नजाने

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने हुनुभएको छ ।

सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

यसअघि आज बिहान बसेको परिषद्को सभामुख अग्निप्रसाद सापकोटा नगए पनि देउवा उपस्थित हुनुहुन्थ्यो ।

सरकारले बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने अध्यादेश ल्याएपछि कांग्रेसले आपत्ति जनाएको हो । सरकारको कदमलाई कांग्रेसले विपक्षी दलको अवमूल्यन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *