Political Hightlights

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न अध्यक्ष प्रचण्डको माग

हिमालय टिभी
२०७७ मंसिर ३० गते १६:१३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न अध्यक्ष प्रचण्डको माग

३० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गर्नुभएको छ ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा अध्यादेश जारी गरेपछि प्रचण्डले आपत्ति जनाउनुभएको हो ।

स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएकोमा प्रचण्डले विरोध गर्नुभएको छ । अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रचण्डले बदनियतपूर्ण र लोकतन्त्रको उपहास भन्नुभएको छ ।

अध्यादेशबारे प्रतिक्रिया दिँदै प्रचण्डले भन्नुभयो– संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । तुरुन्त खारेज हुनुपर्छ । पार्टीभित्र गम्भीर छलफल–बहस भइराखेको स्थितिमा जानकारी पनि नदिई संविधानको मर्म र स्पिरिटलाई लत्याउँदै, अध्यादेश जारी गरिएको प्रचण्डको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्