खेलकूद

राप्तीलाई गौतमबुद्ध कपको उपाधि, नारायणी १० विकेटले पराजित

हिमालय टिभी
२०७७ मंसिर ३० गते १५:१८
राप्तीलाई गौतमबुद्ध कपको उपाधि, नारायणी १० विकेटले पराजित

३० मंसिर, २०७७ काठमाडौं । नारायणीलाई १० रनले हराउँदै राप्ती टिमले गौतमबुद्ध कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

चितवनको भरतपुरस्थित निमार्णाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा आज राप्तीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले पुरै ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

दोस्रो ओभरमै ओपनर राजु रिजाललाई ६ रनमा गुमाएको नारायणीका लागि रित गौतम र ईशान पाण्डेले ५१ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए । दुवैले समान २७–२७ रन जोडे । त्यसपछि आएका आरिफ शेखले ४८ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ राप्तीका अभिनाश बोहोराले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको राप्तीले पुरै ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन बनायो । राम्रो सुरुवात गरेपनि मध्ये क्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा धर्मराएको राप्तीका लागि ओपनर कुशल भुर्तेलले ४२ रन बनाए ।

त्यस्तै, कप्तान विनोद भण्डारीले ३३ रन बनाउँदा सुमित महर्जनले २२ रनको योगदान दिए। बलिङतर्फ नारायणीका लागि शाहव आलमले तीन विकेट लिँदा सुशन भारीले दुई र कप्तान करण केसीले एक विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्