Political Hightlights

प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

हिमालय टिभी
२०७७ मंसिर ३० गते १४:५५
प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मुख्य सचेतक देव गुरुङलाई हटाउने तयारी गर्नुभएको छ ।

पार्टीभित्र विवाद बढिरहेका बेला नेकपा संसदीय दलका नेता ओलीले मुख्य सचेतक गुरुङलाई बालुवाटार बोलाएर राजीनामा माग्नुभएको छ ।

ओलीले दुई दिनअघि बालुवाटारमा बोलाएर मुख्य सचेतक गुरुङलाई बोलाएर राजीनामा माग्नुभएको हो । तर गुरुङले राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

ओलीले आफूविरुद्ध गतिविधि गर्दै हिँडेको भन्दै राजीनामा मागेपछि गुरुङले भने पार्टीको निर्णयबिना आफूले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गर्नुभएको थियो ।

गुरुङले पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाभाविक भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिनुभएको थियो । ओलीले राजिनामा नदिए हटाउने चेतावनी दिनुभएको छ ।

ओलीले आफ्नो राजिनामा मागेको र हटाउन लागेको विषयमा गुरुङले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउनुभएको छ । ओलीले गुरुङलाई हटाउन लागेको विषयमा प्रचण्डले प्रतिवाद गरेको प्रचण्डका निकट एक नेताले जानकारी दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्