Political Hightlights

पार्टीमा विग्रह ल्याउने प्रयास भइरहेको नेकपा महासचिव विष्णु पौडेलको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ३० गते १३:३९
पार्टीमा विग्रह ल्याउने प्रयास भइरहेको नेकपा महासचिव विष्णु पौडेलको आरोप (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा विग्रह ल्याउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ ।

बुटवलमा कान्ति माध्यमिक विद्यालयको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास कार्यक्रममा उहाँले नेकपाभित्र अहिले देखिएका समस्या समाधान गर्ने र विग्रहको सबै षड्यन्त्र असफल पार्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकाल मात्रै नभई जनता समक्ष चुनावमा गरेका प्रतिबद्धताहरु पूरा गर्ने दाबी गर्नुभयो ।

नेकपा महासिचव पौडेलले केपी ओली नेतृत्वको सरकारले पूरै ५ वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्ने दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्