Main News

कांग्रेसको देशभर प्रदर्शनमा कसले कहाँबाट के भने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते २०:५१
कांग्रेसको देशभर प्रदर्शनमा कसले कहाँबाट के भने ? (भिडियोसहित)

२९ मंसिर, २०७७ काठमाडौं । प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा पुगेका कंग्रेस नेताहरुले भ्रष्टाचार, सर्वसत्तावाद, कोरोना संक्रमण जस्ता विषय उठाएर सरकारमाथि हमला गरेका छन् ।

काठमाडौंमा आयोजित सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पुर्ण रुपमा असफल भएको भन्दै आगामी निर्वाचनमा यसको हिसाव किताव गर्ने बताउनुभयो । यहि सरकारकै कारण प्रतिगमनकारी शक्ति सल्बलाएको आरोप पनि लगाउनुभयो ।

विराटनगरमा भएको विरोध सभामा महामन्त्री शंशाक कोइरालाले सरकार कोरोना महामारीका बेला औषधि खरिदमा पनि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो । सरकार दिनप्रतिदिन भ्रष्टाचारका अनेकौ काण्डमा फस्दै गएको दाबी गर्नुभयो ।

महामन्त्री कोइरालाले विरोध सभाका सहभागीलाई सरकारले केही विकास गरेको छ रु भनेर प्रश्न पनि गर्नुभएको थियो । चितवनमा आयोजित सभामा नेता डा रामशरण महतले प्रधानमन्त्रीले सबै अधिकार आफुमा केन्द्रित गरेर संघीयता कार्यान्वयनमा अडचन सृजना गरेको आरोप लगाउनुभयो ।

जनकपुरधाममा आयोजित सभामा पुगेका नेता प्रकाशमान सिंहले पनि सरकार संघीयताको विरोधमा सक्रिय रहेको आरोप लगाउनुभयो ।

धनगढीमा आयोजित सभामा युवा नेता गगन थापाले बर्तमान सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाउनुभयो । लामो समयसम्म खवरदारी गर्दा पनि नचेतेकाले कांग्रेस सडकमा आएको भन्दै उहाँले अब सरकारलाई ठेगान नलगाएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

नेकपाका नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट र अधिनायकवादी भएको आरोप लगाइरहेको भन्दै नेता थापाले कहिलेसम्म काँध थाप्नुहुन्छ भन्दै प्रचण्ड र माधव नेपाललाई प्रश्न पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *