समाज

पहुँच सहज बनाउन किशोरीलाई घरेलु प्याड बनाउने तालिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते १८:१८
पहुँच सहज बनाउन किशोरीलाई घरेलु प्याड बनाउने तालिम (भिडियोसहित)

२९ मंसिर, २०७७ पर्सा । महिनावारीको समयमा प्रयोग गर्न बजारमा विभिन्न कम्पनीका प्याड उपलब्ध छन् । तर बजारमा उपलब्ध प्याड सबैको पहुँचमा नहुँदा महिनावारीको समयमा अहिले पनि महिलाले विभिन्न समस्या भोग्ने गरेका छन् । यसैलाई ध्यानमा राखेर वीरगञ्जमा किशोरीहरुलाई घरेलु प्याड बनाउने तालिम दिन थालिएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ का केही किशोरीहरु अहिले प्याड बनाउन व्यस्त छन् । सानासाना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन सकिन्छ भन्ने थाहा पाएसँगै उनीहरु खुसी पनि छन् ।

नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)ले उनीहरुलाई कपडाको प्याड बनाउने दुई दिने तालिम दियो । अब आफूले प्रयोग गर्ने प्याड कसरी बनाउने भन्ने उनीहरुले जानिसकेका छन् । थोरै कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास पनि उनीहरुमा बढेको छ ।

बजारमा पाइने प्याड एक पटक प्रयोग गरेपछि अर्को पटक प्रयोग गर्न मिल्दैन । त्यसमा रहेको केमिकलले विभिन्न संंक्रमणको खतरा पनि हुन्छ । तर कपडाको प्याड सुरक्षित र कम खर्चिलो छ । त्यसैले पनि किशोरीहरु यो तालिम लिएपछि उत्साहित छन् ।

बजारमा उपलब्ध प्याड महंगो भएकाले सबैले किन्न सक्दैनन् । कपडाको प्याड कम खर्चिलो छ । स्वास्थ्यका लागि पनि कपडाको प्याड फाइदाजनक छ । त्यसैले पनि यो प्याड ग्रामीण क्षेत्रमा उपयोगी हुने देखिन्छ ।

कपडाको प्याड बनाउन सहज र कम खर्चिलो भएकाले तालिम लिएका किशोरीहरुले प्याड विक्रीवितरण गरी आम्दानी गर्ने सोच पनि बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *