Political Hightlights

धनगढी पुगेर सांसद थापाले भने–भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए पुग्छ

हिमालय टिभी
२०७७ मंसिर २९ गते १६:५२
धनगढी पुगेर सांसद थापाले भने–भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए पुग्छ

२९ मंसिर, २०७७ धनगढी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाउनु भएको छ।

कैलालीको धनगढीमा आज सरकार विरूद्ध कांग्रेसले गरेको प्रदर्शनमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै भन्नुभयो –‘प्रधानमन्त्रीज्यू तपाईलाई लुगा लगाएको भ्रम हुन सक्छ १ भ्रम नहोस तपाई नाङ्गै सडकमा हिडिरहनु भएको छ ।’

सांसद थापाले भन्नुभयो–‘हामीले भन्दा लागेन, अहिले प्रचण्ड र माधव नेपालले पनि त्यही भनिरहनुभएको छ ।’

सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको दाबीसमेत गर्नुभयो । उहाँले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए पुग्ने बताउनुभयो । ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ । सिंहदरबार गए पुग्छ ।’

उहाँले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी समेत गरेका छन् । सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो ।

थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली कांग्रेस सडकमा उत्रिएको बताउनुभयो । बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको उहाँले बताउनुभयो । उहाँले सरकारलाई ठेगान नलगाएसम्म नेपाली कांग्रेस घर फिर्ता नहुने भन्दै थापाले सडक खाली भएकै कारण अराजक तत्वले सडकमा रजाई गरेको बताउनुभयो ।

सांसद थापाले भन्नुभयो–‘सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन हावादारी गफमा समय बिताइरहेको छ।’

उहाँले भ्रष्टाचार गर्दैन भन्ने सरकारले वाइडबडी पुरै खाएको आरोप लगाउनुभयो । नेता थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लाचार भएकै कारण प्रदेशका जनताले दुःख पाइरहेको बताउनुभयो । उहाले भिम रावल र लेखराज भट्टले कोरोना नियन्त्रणका लागि पठाएको मास्क र सेनिटाइजरमा प्रदेश सरकार मख्ख भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्