Political Hightlights

आज कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

हिमालय टिभी
२०७७ मंसिर २९ गते ७:४९
आज कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

२९ मंसिर, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आज सरकारविरुद्ध सडक प्रदर्शन गर्दैछ । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता एकाएक तातिएर सडक प्रदर्शनमा उत्रिएका थिए ।

कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ आज सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको हो ।

कांग्रेसले पौडेलमाथि दुर्वयवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । सरकारले अलोकतान्त्रिक क्रियाकलाप देखाएको र स्थिर सरकार भए पनि जनताको अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको भन्दै सर्वसाधारण नागरिकलाई समेत सडक प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।

सभापति शेरबहादुर देउवाले आजको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताउनु भएको छ ।

प्रदर्शनको अघिल्लो दिन हिजो अपिल जारी गर्दै देउवाले कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिने र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नु अहिलेको आवश्यकता भन्दै आजको आन्दोलन त्यसैको सांकेतिक प्रदर्शन भएको बताउनुभएको छ ।

प्रदर्शनबाट शक्ति हासिल गर्दै आगामी संसदमा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्