स्वास्थ्य अभिएन्ता मन्दिरा श्रेष्ठ ग्लोकल टीन हिरो २०२० उपाधिबाट सम्मानित

हिमालय टिभी
२०७७ मंसिर २८ गते १८:२५
स्वास्थ्य अभिएन्ता मन्दिरा श्रेष्ठ ग्लोकल टीन हिरो २०२० उपाधिबाट सम्मानित

२८ मंसिर, २०७७ काठमाडौँ । ग्लोकल प्रा. लि. द्वारा आयोजित“ग्लोकल टीन हिरो २०२०”को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल हुनु भएको छ।

किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम“वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो ।

आज भएको अन्लाईन कार्यक्रमका बिच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर यादवले विजेताको घोष्णा गर्नुभएको थियो ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सन्चालन गरिएको थियो।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी एकराज घिमिरे, वातावरणविद्, मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिएन्ता, रीत काफ्ले, शिक्षिका, सुभाश शर्मा, कोडर, सुलव सुवेदी, नवप्रवर्दक र वैभव नाहटा, उद्द्यमीबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *