आर्थिक

सबैजसो सुगमतिर सर्दै गर्दा धनकुटा कुरुलेका युवा गाउँमै बाख्रा पालनमा भविष्य खोज्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २८ गते १७:२४
सबैजसो सुगमतिर सर्दै गर्दा धनकुटा कुरुलेका युवा गाउँमै बाख्रा पालनमा भविष्य खोज्दै (भिडियोसहित)

२८ मंसिर, २०७७ धनकुटा । अवसर र सुविधाको खोजीमा धनकुटाको कुरुले तेनुपाबाट सुगम क्षेत्रमा बसाइ सर्ने क्रम तीब्र छ । गाउँमा भविष्य छैन भन्दै बसाइ सर्दा गाउँनै रित्तिने अवस्थामा पुगेको छ । तर गरे गाउँमै सम्भावना छ भन्ने उदाहारण दिँदै कुरुलेका दिपक दाहाल बाख्रा पालनमा आफ्नो भविष्य खोजिरहनु भएको छ ।

धनकुटाको चौबीसे गाउँपालिका बडा नम्बर ३ कुरुलेका दिपक दाहालले बाख्रा पालन शुरु गरेको ७ वर्ष भयो । एक समयको जिल्लाकै विद्वान गाउँको रुपमा चिनिने कुरुले तेनुपाबाट अहिले भने अवसर र सुविधाको खोजीमा धमाधम बसाइ सरिरहँदा गाउँनै रित्तिने अवस्थामा पुगेको छ ।

तर दीपक भने अहिले पनि गाउँमै बाख्रा पालनमा आफ्नो भविष्य खोजिरहनु भएको छ । गाउँभन्दा अलि तल करिब एक सय रोपनी क्षेत्रफलमा आधुनिक खोर बनाएर उहाँले दुई सय वटा बाख्रा पाल्नुभएको छ । बाख्रा पालन तत्कालका लागि भन्दा पनि दीर्घकालिन आम्दानीको राम्रो स्रोत हुने विश्वास उहाँलाई छ ।

गाउँमा शुरुशुरुमा बाख्रा पाल्न अलि समस्या भए पनि अहिले कुनै समस्या छैन। सामान्य बाटो पुगेपछि बाख्रा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । न त बजारको नै कुनै समस्या छ न त बाख्राका लागि चाहिने घाँस, अन्न, दाना, पानी ल्याउनमा नै छ । दीपकले अहिले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । गाउँमै सात जनालाई रोजगार समेत दिनुभएको छ ।

दीपकले बोयर बोका, बाख्रा, जग्गा र संरचनाका लागि मात्र करिब एक करोड रुपैयाँ खर्च गरिसक्नु भएको छ । सम्भावनाको खोजीमा गाउँ छाडेर बाहिरिनेहरुलाई गाउँमै कसरी सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *