खेलकूद

विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फूटबल टिमले थाल्यो प्रशिक्षण (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २८ गते १७:०९
विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फूटबल टिमले थाल्यो प्रशिक्षण (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टिमले आजदेखि औपचारिक रुपमा प्रशिक्षण शुरु गरेको छ ।

प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि कार्यवाहक जिम्मेवारी पाएका बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई क्याम्पमा बोलाएर प्रशिक्षण शुरु गरेका हुन् ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आउँदो चैत र जेठमा तीनवटा खेल खेल्दैछ । र यी तीनैवटा खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछन् । घरेलु मैदानमा हुने खेलका लागि नेपाली टिमले प्रशिक्षण शुरु गरेको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक चरणमा ५८ जना खेलाडीलाई बोलाएका छन् । टिममा युवा र अनुभवी खेलाडीको मिश्रण छ । प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा विभिन्न चरणमा गरेर खेलाडीको अन्तिम छनोट हुनेछ ।

नेपाली फूटबल टिमले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय म्याच नखेलेको पाँच वर्षभन्दा बढी भइसक्यो । आउँदो चैतमा नेपालले आफ्नै माटोमा फिफा वरियता क्रममा धेरै माथि रहेका टिमसँग प्रतिष्पर्धा गर्दैछ । घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी पनि उत्साहित छन् ।

र घरेलु मैदानमा नेपालले राम्रो प्रदर्शन गर्नमा प्रशिक्षक पनि आशावादी छन् । छनोट प्रतियोगितामा नेपालले चैत १२ गते चाइनिज ताईपेइ र त्यसको पाँच दिनपछि चैत १७ गते अष्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप छनोटको अन्तिम खेलमा नेपालले जेठ २४ गते जोर्डनसँग खेल्नेछ । पाँच खेल खेलिसक्दा नेपालले तीन अंक जोडेको छ । नेपालको अर्को चरणमा पुग्ने सम्भावना टरिसकेको छ । तर, बाँकी रहेको खेलमा घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने नेपालको लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्