खेलकूद

बाग्मती टिम गौतमबुद्ध कप टि–२० कपबाट बाहिरियो, दोस्रो खेलमा राप्तीसँग पराजित

हिमालय टिभी
२०७७ मंसिर २८ गते १५:१६
बाग्मती टिम गौतमबुद्ध कप टि–२० कपबाट बाहिरियो, दोस्रो खेलमा राप्तीसँग पराजित

२८ मंसिर, २०७७ काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा बागमती टिम पराजित भएको छ ।

आज भएको खेलमा राप्ती टिमसँग एघार रनले पराजित भएसँगै बाग्मती प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भएको पहिलो खेलमा पनि बाग्मती नारायणीसँग पराजित भएको थियो ।

तीन टिम सम्मेलित प्रतियोगिताको उपाधिका लागि राप्ती र नारायणी प्रतिष्पर्धा गर्नेछन् ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सहयोगार्थ आयोजना भएको प्रतियोगिताको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २९ रन बनाएको थियो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । शरद भेषावकर र विनोद भण्डारीले २१–२१ रन जोडे । लोकेश बमले पनि १५ रन बनाए ।

बलिङतर्फ बागमतीका सोमपाल कामी, सागर ढकाल र रसिद खानले समान २–२ विकेट लिए भने विक्रम शोब र ललित राजवंशीले १–१ विकेट लिए । एक सय ३० रनको लक्ष्य पछ्याएको बाग्मती १९ ओभर चाल बल खेल्दा एक सय १८ रनमा अलआउट भयो । बाग्मतीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले १३–१३ रन जोडे ।

बलिङमा कमलसिंह ऐरी, बसन्त कार्की, जितेन्द्र मुखिया र अभिनाश बोहोराले २–२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्