Political Hightlights

नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २८ गते १५:०२
नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी बैठक नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित स्थगित गरिएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक पुस १ गते दिउँसो एक बजे बस्ने जानकारी दिनुभयो । अघिल्लो बैठकमा नगएका ओली आज बैठकमा सहभागी हुनुभयो ।

गत मंसिर २१ गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिन ओली जानुभएको थिएन । ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो ।

अर्को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो ‘पार्टीको स्थायी कमिटीको बैठकमा २५ गते हाम्रो पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको दुखद निधन भएकोमा बैठकले गहिरो शोक व्यक्त गर्‍यो । नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलनमा सानो उमेरदेखिनै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदान्जली गर्‍यो र शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त गर्‍यो । आजकै बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गर्नुभएको छ । बैठकलाई उहाँले आफुले समेत लामा र सम्बन्धित हाइड्रोपावर प्राजेक्टको व्यक्तिलाई सँगै राखेर पनि कुरा गरेको र प्रवक्ताले तपाईहरु सबै आफ्नै साथीहरु भएकाले मिल्नुहोस भन्नेबाहेक अरु कुनै पनि कुरा नभएकाले त्यस प्रकारको भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो । त्यसपश्चात आजको बैठक पुस १ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्