Main News

तेह्रथुममा प्लाष्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २८ गते १३:२६
तेह्रथुममा प्लाष्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

२८ मंसिर, २०७७ तेह्रथुम । तेह्रथुममा प्लाष्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

छथर गाउँपालिकामा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन जना बालिकाको मृत्यु भएको हो ।

स्थानीय कृषक समूहले सिंचाइका लागि निर्माण गरेको प्लाष्टिक पोखरीमा पौडी खेल्ने क्रममा बालिकाहरु डुबेको जनाइएको छ ।

मृतकमा दिदी बहिनी ६ वर्षीया रोजनी र ७ वर्षीया रञ्जना लिम्बुका साथै ८ वर्षीया सुहाना लिम्बू रहेको तेह्रथुम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *