खेलकूद

एट्लेटिको मड्रिडलाई २–० ले हराउँदै ला लिगामा रियल मड्रिड विजयी

हिमालय टिभी
२०७७ मंसिर २८ गते ७:४१
एट्लेटिको मड्रिडलाई २–० ले हराउँदै ला लिगामा रियल मड्रिड विजयी

२८ मंसिर, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड विजयी भएको छ ।

मड्रिड डर्बी अन्तर्गत गएराति रियलले एट्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको हो । कासिमिरोले १५ औं मिनेटमै गोल गर्दै घरेलु टोली रियललाई अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा एट्लेटिकोका जान ओब्लकले आत्मघाती गोल गरेपछि रियलको अग्रता दोब्बर भयो। त्यसपछि खेलमा थप गोल नहुँदा रियल २(० ले विजयी भयो । ला लिगामा रियलले सन् २ हजार १६ यता मड्रिड डर्बीमा पराजित भएको छैन ।

जितपछि रियल १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । उता जारी सिजनमा पहिलो पटक पराजित भएपनि शीर्ष स्थानमा कायमै रहेको एट्लेटिकोको ११ खेलबाट २६ अंक छ ।

गएराति नै भएका अन्य खेलमा सेभियाले गेटाफेमाथि तथा हुएस्काले अलाभेसमाथि समान १(० को जित निकाले । त्यस्तै एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले २(२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्