Main News

खुल्न थाले शैक्षिक संस्था, कम भएकै हो कोरोना जोखिम ?

हिमालय टिभी
२०७७ मंसिर २८ गते ७:३६
खुल्न थाले शैक्षिक संस्था, कम भएकै हो कोरोना जोखिम ?

२८ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर कम भएको भन्दै शैक्षिक संस्थाहरु खुला गरेर पठनपाठन शुरु गर्न थालिएको छ ।

धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सञ्चालन हुन थालेका छन् ।

ललितपुर महानगरपालिकाले महानगरभित्रका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णय गरिसकेको छ । विद्यार्थीले घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

स्कुल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उहाँको भनाइ छ । कोरोना संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने प्रवक्ता महर्जनले बताउनुभयो ।

ललितपुरका सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरले निःशुल्क उपल्वध गराउने निर्णय गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष टीकाराम पुरीले देशका धेरै ठाउँमा स्कुल, कलेज सञ्चालन हुन थालेको बताउनु भएको छ । काठमाडौं महानगरपालिका भने विद्यालय सञ्चालन गर्ने विषयमा छलफलमा रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *