आर्थिक

लुम्बिनी प्रदेशमा नौ सय ८३ जना हरित स्वयंसेवक नियुक्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते २०:५८
लुम्बिनी प्रदेशमा नौ सय ८३ जना हरित स्वयंसेवक नियुक्त (भिडियोसहित)

२७ मंसिर, २०७७ बुटवल । लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नौ सय ८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण हुने अपेक्षा लिइएको छ ।

लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका नौ सय ८३ वडाबाट एकएक जना स्वयंसेवक छनोट गरिएको छ । ३५ वटा वडाबाट कसैको आवेदन नपरेकाले पुन आवेदन माग गरिएको छ । निर्वाहमूखी कृषि प्रणालीलाई व्यावसायिक बनाउँदै, कृषि तथा पशु सेवा प्रवाहलाई स्थानीयस्तरमा पुर्‍याउन कार्यक्रमबाट सहयोग मिल्ने अपेक्षा छ ।

नियुक्त भएका स्वय‌ंसेवकले कृषि फार्म वा व्यवसाय सञ्चालन गरेर नमूना कृषि उद्यमीको रुपमा आफ्नो पहिचान बनाउनु पर्नेछ । तालिममा सिकेका प्राविधिक ज्ञान आफ्नो क्षेत्रका किसानलाई सिकाउने तथा किसानलाई आवश्यक पर्ने उत्पादन सामग्रीको माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने छ ।

भैरहवामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रुपन्देहीका ५१ जना हरित स्वयम्सेवकसँग सम्झौता गरि काममा खटाएको छ । हरित स्वयंसेवकले मासिक वा वार्षिक रुपमा तलव भत्ता पाउने छैनन् ।

तर कृषि उद्यमी बन्नको लागि पहिलो वर्ष ५० हजार दोश्रो वर्ष ४० हजार र तेश्रो वर्ष ३० हजार रुपैयाँ पाउनेछन् । कार्यक्रमका लागि तीन वर्षमा करिब १२ करोड खर्च हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *