Main News

रेडपाण्डा खोज्दा इलाममा पनि फेला पर्‍यो पाटेबाघ

हिमालय टिभी
२०७७ मंसिर २७ गते १३:५९
रेडपाण्डा खोज्दा इलाममा पनि फेला पर्‍यो पाटेबाघ

२७ मंसिर, २०७७, इलाम । इलाममा पाटेबाघ फेला परेको छ । रेडपाण्डाको गविविधि अध्ययनका लागि राखिएको क्यामेरा ट्रयापमा पाटेबाघ रेकर्ड भएको हो ।

नेपालको हालसम्मकै अग्लो ठाउँमा ३ हजार १ सय ६५ मिटर उचाईमा पाटे बाघ फेला परेको हो । रेडपाण्डा नेकटर्वकले राखेको क्यामेरा ट्रयापमा बाघ परेको हो ।

वन तथा भूसंरक्षण विभागले विभागका महानिर्देशक मनबहादुर खडकाले बाघको यस उपस्थितिले उच्च पहाड क्षेत्रमा वनहरु ठूलो जंगली विरालोहरुको बासस्थान हुन सक्ने महत्वलाई दर्शाएको बताउनु भएको छ ।

योसँगै कंचनजंघा भूपरिधि क्षेत्रमा विरालो प्रजातीको संख्या आठ पुगेको छ । नोभेम्बर १३ र २१ मा जंगली पाटेबाघको तस्वीर लिइएको हो ।

रेडपाण्डा नेटकर्वले पाँचथर, इलाम र ताप्लेजुङलाई पीआईटी करिडोर मानेर रेडपाण्डा संरक्षणको काम गरिरहेको छ । यही रेडपाण्डा पाइने स्थानमा जंगली पाटेबाघ फेला परेको हो ।

नेपालमा सन् २००९ मा गरिएको गणनामा १ सय २१ र २०१८ मा २ सय ३५ बाघको संख्या देखाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *