खेलकूद

पुरुषतर्फ फिफा वर्ष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक

हिमालय टिभी
२०७७ मंसिर २७ गते ७:२९
पुरुषतर्फ फिफा वर्ष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक

२७ मंसिर, २०७७ काठमाडौं । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ ।

सार्वजनिक खेलाडीको अन्तिम मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की समावेश छन् ।

युरोपेली क्लब फूटबलका सर्वाधिक सफल तीन फूटबलरलाई फिफाले सन् २ हजार २० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको हो । रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लीग उपाधि जितेका थिए ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।

त्यस्तै बार्सिलोना लियोनल मेस्सीले समेत युरोपेली फूटबलमा आफ्नो दबदबा कायमै राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्