Main News

संवैधानिक आयोगहरुमा पदपुर्तिका विषयमा ओली र देउवाबीच छलफल

हिमालय टिभी
२०७७ मंसिर २७ गते ७:०५
संवैधानिक आयोगहरुमा पदपुर्तिका विषयमा ओली र देउवाबीच छलफल

२७ मंसिर, २०७७ काठमाडौं । संवैधानिक आयोगहरुमा रिक्त पदमा नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा दुई नेताबीच शुक्रबार साँझ भेटवार्ता भएको हो । आइतबार बोलाइएको संवैधानिक परिषदको बैठक र त्यसको तयारीबारे छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता देउवाबीच संवैधानिक आयोगहरुमा रिक्त पदमा नियुक्तिबारे छलफल भएको हो । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि प्रधानमन्त्री ओलीले लामो समयदेखि प्रयास गरेपनि प्रमुख प्रतिपक्षी दलका नेताका कारण बैठक नै बस्न सकेको थिएन ।

ओली र देउवाबीच आइतबार बिहान नौ बजेका लागि संवैधानिक परिषद्को बैठक डाक्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ ।

भेटघाटमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका नेता रमेश लेखकको पनि सहभागिता रहेको थियो । कांग्रेसले रिक्त पदहरुमा आफ्नो पनि भागवण्डा हुनुपर्ने बताउँदै आएको छ । यसअघि पनि देउवाले भागबण्डा नमिलेसम्म बैठकमा नजाने अडान लिनुको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *