खेलकूद

गौतमबुद्ध कम क्रिकेटका लागि आज खेलाडी चितवन पुग्दै

हिमालय टिभी
२०७७ मंसिर २६ गते १०:१६
गौतमबुद्ध कम क्रिकेटका लागि आज खेलाडी चितवन पुग्दै

२६ मंसिर, २०७७ काठमाडौं । गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आज चितवन जाँदै छन् ।

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको नजिकै रहेको नमूना मैदानमा क्रिकेट प्रतियोगिता भोलिदेखि शुरु हुनेछ। तीन टोली सम्मिलित प्रतियोगितामा एक अर्कासँग खेलेर शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ज्ञानेन्द्र मल्ल, पारस खड्का र विनोद भण्डारीको कप्तानीमा टोली बनाइएको छ । तर भण्डारीको टोलीका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका २७ खेलाडीमध्ये वसन्त रेग्मी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी र कुशल मल्लले प्रतियोगिता नखेल्ने भएका छन् ।

जसका कारण क्याम्पमा नभएका १९ खेलाडीलाई यस प्रतियोगिताका लागि बोलाइएको छ । हरेक टोलीमा १४ जना खेलाडी रहने प्रतियोगिताको फाइनल खेल ३० गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्