Main News

अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७७ मंसिर २६ गते १०:१४
अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि मनाइँदै

२६ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनिकरणमा जोड दिंदै प्रत्येक वर्ष डिसेम्बर ११ तारिखमा दिवस मनाउने गरिन्छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २ हजार ३ देखि दिवस मनाउन थालिएको हो ।

पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ ।

पृथ्वीको कूल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कूल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ ।

पछिल्लो समय जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ। पर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन दिवसको जोड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *